![Intach Frontpage-NP](http://img.youtube.com/vi/YibD4ervl5M/sddefault.jpg)
![](http://goi-intachinnepal.intach.org/wp-content/uploads/2017/09/Middlepartlogo_final_withtext_Nepali_final.png)
“नेपालको सांस्कृतिक सम्पदाको सम्मान र संरक्षण गर्दै”
![](http://goi-intachinnepal.intach.org/wp-content/uploads/2017/09/landing-page_Nepali.png)
परियोजनाका उद्देश्यहरु
भारत र नेपालबीचको सदियौंदेखिको पुरानो, निकट एवम् मैत्री सम्बन्ध र साझा सभ्यता तथा सांस्कृतिक सम्पदाले नेपालका २८ वटा सांस्कृतिक सम्पदाको भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि दुई देशले अघि बढाएको सहकार्यका लागि आधार तय गरेको छ । यी मध्ये सोपानकृत मन्दिर, बौद्ध गुम्बा,परम्परागत घर, हिन्दु मठ, सार्वजनिक भवन लगायतका १२ वटा सांस्कृतिक सम्पदा स्थलहरु काठमाडौं उपत्यकामा छरिएर रहेका छन् ।
दुई देशबीचको यो सहकार्य आपसी हितको क्षेत्रमा हातेमालो गर्ने र विशेष गरि २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्यायेका सांस्कृतिक सम्पदा स्थलहरुको संरक्षण र नेपालका अन्य हराएका वा क्षति पुगेका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण र पुनस्र्थापनाका लागि सँगै मिलेर काम गर्ने प्रयासको रुपमा रहेको छ ।
साझेदारहरु
नेपालका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरुको कदर एवम् संरक्षण हेतु काम गर्दै
![Embassy Embassy](https://goi-intachinnepal.intach.org/wp-content/uploads/2021/08/Embassy-240x90.png)
भारत र नेपालले घनिष्ठ छिमेकीका रुपमा सन् १९४७ देखि मित्रता र सहयोगको अनुद्वितय सम्वन्ध गाँसेका छन् । नेपालमा भारत सरकारको सहायोग कार्यक्रम, आर्थिक अनुदानहरु, विशेष गरी शिक्षा, स्वास्थ्य र पुर्वाधारहरुका क्षेत्रमा सहज, छरितो र निर्वाधरुपमा जनतासमक्ष पुग्नु पर्छ भन्ने दृष्टिकोणबाट निर्देशित रहेको छ । काठमाण्डौं स्थित भारतीय दूतावासले नेपाल सरकारसंग नेपालको सांस्कृतिक सम्पदा, शिक्षा, आवास र स्वास्थ्य क्षेत्रमा भुकम्पपछिको पुनर्निमाण आयोजनालगायतका लागि काम गरिरहेको छ जुन २०१५ मा भएको नेपालको पुनर्निर्माण सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनमा भारत सरकारले प्रतिवद्धता गरेको युएसडी २५० मिलियन अनुदान सहित १ विलियन अमेरिकी डलरको एक भागको रुपमा रहेको छ ।
![clpiuNepaliFInal1 clpiuNepaliFInal1](https://goi-intachinnepal.intach.org/wp-content/uploads/2023/12/clpiuNepaliFInal1-240x90.png)
केन्द्रीय स्तरको परियोजना कार्यान्वयन इकाई (CLPIU) भवन र आवास नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालित छ। यसले काठमाडौं उपत्यका भित्रका १० वटा INTACH परियोजनाहरू समावेश गरी भारत सरकारद्वारा वित्त पोषित सांस्कृतिक परियोजनाहरूको कार्यान्वयन गर्ने निकायको रूपमा काम गर्दछ। कार्यालय सहरी विकास परिसर, बबरमहल – काठमाडौंमा अवस्थित छ, यी सांस्कृतिक पहलहरूको निरीक्षण र कार्यान्वयनको लागि केन्द्रीय हबको रूपमा सेवा गर्दै। CLPIU(B&H) ले यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ, सांस्कृतिक विकास र संरक्षणमा नेपाल र भारतबीचको सहकार्यमा योगदान पुर्याउँछ।
![INTACH INTACH](https://goi-intachinnepal.intach.org/wp-content/uploads/2021/08/INTACH-240x90.png)
भारतमा सांस्कृतिक सचेतना तथा संरक्षणको अगुवाई गर्ने उदेश्यका साथ इण्डियन नेशनल ट्रस्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (INTACH) को स्थापना सन् १९८४ मा भएको हो । भारतमा मात्रै १९० भन्दा धेरै मातहतको निकाय रहेको यस क्ष्ल्त्ब्ऋज् आज विश्वकै ठूलो सांस्कृतिक संगठनहरु मध्येको एक हो । INTACH ले गएको ३७ वर्षमा मूर्त तथा अमूर्त दुवै सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्धनमा उल्लेख्य काम गरेको छ । INTACH को पुरातात्विक सम्पदा महाशाखाले भारतको वृहत सम्पदाको सम्बर्धन र संरक्षणको क्षेत्रमा समर्पित भई काम गर्दै आएको छ । यस महाशाखाले सांस्कृतिक सम्पदाहरुको संरक्षण, अभिलेखिकरण र संरक्षण परियोजनाका लागि मापदण्ड निर्धारण गरेको छ ।
परियोजना पृष्ठभूमि
इन्टैक ले काठमाण्डौं उपत्यकामा छरिएर रहेका भिन्न – भिन्न भवनहरु समावेश गरी १२ सांस्कृतिक सम्पदा स्थलहरुको संरक्षणको लागि प्राविधिक विशेज्ञता प्रदान गर्दैछ । यसमा भुकम्पपछिको अवस्थाको मुल्यांकन अनुसार डीपीआर तयार गर्ने, यसको अद्धितिय वास्तुकला सम्पदा विशेषताहरुलाई स्वीकार गर्ने, भविष्यको सुरक्षालाई ध्यान दिने, भुकम्प प्रतिरोधी सुदृढिकरण प्रदान गर्ने र परियोजना कार्यान्वयनको सुपरिवेक्षण र अनुगमन समावेश छ ।
11.भिमसेन मन्दिर, पाटन, ललितपुर
12.नामडोर्लिङ गुम्बा, सोलुखुम्बु