श्री गोपिचन्द्र महाविहारको संरक्षण, ललितपुर

पिन्तु बहीको रुपमा प्रख्यात श्री गोपीचन्द्र महाबिहार काठमाण्डौ उपत्यकाको पाटन दरबार युनेश्को बिश्व सम्पदा क्षेत्रको उत्तरमा अवस्थित रहेको छ ।यस महाबिहार गोबर्धन मिश्रद्वारा १२औं शताब्दीमा स्थापना गरिएको थियो । यस महाबिहार बौद्ध धर्माबलम्बीहरुको तीर्थ स्थल हो र काठमाण्डौ उपत्यकाको जीवित सम्पदाको प्रमाण हो ।

२०७२ सालको गार्खा भुकम्पले महाबिहारका संरचनाहरुमा व्यापक क्षति पुर्‍यायो । भवनको गार्‍हो तथा जोडाई कमजोर  भएको, काठका दलिन, निना, मुसीं इत्यादीमा पानी रसिनगई क्षति भएको छ । गन्धकुटीको छानामा रहेको फुसाको माथिल्लो भाग भुकम्पको कारणले भत्किइ पानी रसिनगइ काठको बिभिन्न भागहरुमा क्षति भएको छ । महाबिहार परिसर र संरचनामा थप, परिवर्तन तथा मर्मत कार्य भएको पाइएको छ यद्यपी यस महाबिहारको मौलिक बास्तुकला तथा संरचनाको ढाँचा कायम रहेको छ ।

महाबिहारको मौलिक स्वरुप तथा बास्तु कलामा आधार रहि ऐतिहासिक महाबिहार संरचनाको मर्मत र पुनर्स्थापना गर्ने र संरचनाको भुकम्प प्रतिरोध क्षमता सुनिश्चित गर्नु तथा महाबिहारको भौतिक संरचनाको दिर्घकालिन स्थिरताको सुनिश्चित गर्न परम्परागत सामाग्री, भुकम्प प्रतिरोधक निर्माण प्रविधी र अभ्यासहरु पर्याप्त संरचनात्मक उपायहरुको एकिकृत  गर्नु यस परियोजनाको मुख्य उद्देश्य हो ।

सम्पदास्थलमा एतिहासिक काठको काम, ढुङ्गाको मुर्तिकला र मन्दिरको प्रवेशद्वारमा भित्तेचित्रको पुनस्र्थापना जस्ता सजावटी कला सतहहरु र सुविधाहरुको अभिलेखिकरण र संरक्षण सम्पदास्थलमा जीवित भौतिक सम्पदा पुनर्स्थापना गर्नेछ तथा महाविहारको दैनिक कार्यहरुका लागि ठाँउको अधिकतम उपयोग सुनिश्चित गर्नेछ ।

परियोजना लागत : ने.रु १६.८० करोड, यु.एस. डि. १.४३ मिलियन

नक्सा लिङ्क: http://goo.gl/maps/fA7CWmYW2LRGA7mN9

Gopichandra -sidebar