सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरण

सेतो मच्छिन्द्रनाथ मन्दिर १० औं शताब्दीमा स्थापना भएको विश्वास गरिन्छ । यो मन्दिर नेपालको राष्ट्रिय महत्वको स्मारक तथा उपत्यकाको जीवित सम्पदाको प्रमाण हो । यस तले शैलीको मन्दिर माटोको जोडाईमा इँटाले वनेको छ, जसको छाना सुनको मुलम्मा गरिएको तामाको पाता र झल्लर तथा गजुरले सजाईएको छ यसका साथै कुँदिएको काष्ठकला र मन्दिरलाई सजाउन अन्य सतह सजावट छन् ।

मन्दिर परिसरमा ढुङ्गाले छाएको छ जसमा असंख्य चैत्य, धर्मधातु, मुर्तिहरु, स्तम्भ रहेका छन् । २०७२ सालको भुकम्पको कारणले मन्दिरमा क्षति भएको छ, मुसाको कारणले भुँईतलाको भुँई भासिएको, भित्तामा ठाडो तथा तेर्सा चिरा परेको, पानीको चुहावट भई मन्दिर जीर्ण हुदै गईरहेको छ ।

यो सम्पदा संरचना काठको भुकम्प प्रतिरोधी प्रविधिहरु प्रयोग गरि प्रवलिकरण गर्ने प्रस्ताव गरिएको छ । विभिन्न धातु, काष्ठका कलाहरुको न्युनतम हस्ताक्षपमा उचित संरक्षण गरिने र नेवारी मौलिक परम्परागत विधि र शैलीमा सम्पन्न गरिने प्रस्ताव गरिएको छ ।

सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण गर्नुको मुख्य उद्देश्य यस जीवित मन्दिरलाई यसको सतही भागहरुको नविकरण र ऐतिहासिक संरचानको परम्परागत रितिरिवाज, स्थानीय परम्परा र मुल्यमान्यता अनुसार संरक्षण र प्रवलिकरण गरी नेपालमा त्यस्ता जीवित सम्पदा स्थलहरुलाई कायम राख्ने र समृद्ध वनाउने हो ।

आयोजना लागत : ने.रु ६.२६ करोड, यु.एस. डि. ०.५३ मिलियन

नक्सा लिङ्क: http://goo.gl/maps/bwVsWTPH9rBkitm17

Seto