हिरण्य वर्ण महाविहारको सत्तलको र डिगी छें, ललितपुरमा संरक्षण र प्रवलीकरण

काठमाण्डौं उपत्यकाको युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पाटन दरबार क्षेत्रको मध्यवर्ती क्षेत्रमा अवस्थित हिरण्यवर्ण महाबिहार स्वर्ण मन्दिर र क्वा बहाको नामले पनि चिनिन्छ । यो महाबिहार इस्वीको ११औं शताब्दीमा स्थापित भएको विश्वास गरिन्छ । उपत्यकाको एउटा सबैभन्दा ठूलो बिहार संघ वा समुदायहरु आवद्ध रहेको यो महाबिहार एक महत्वपूर्ण बौद्ध धार्मिक आस्थाको केन्द्र हो र महत्वपूर्ण पर्वहरुमा यस महाबिह।र तीर्थस्थलको रुपमा मानिन्छन र यो उपत्यकाको जीवित सम्पदाको प्रमाण हो ।

२०७२ को गोरखा भूकम्प पछि भवनहरुमा गम्भीर संरचनात्मक क्षति भएको छ, अनुपयुक्त दरारहरु थपिएका छन, बढ्दो ओसिलोपन र क्षतिग्रस्त छानाले यस सम्पदा भवनलाई प्रतिकुल असर गरेको छ । नेपालको प्राचिन सम्पदा संरक्षण ऐन, २०१३ (१९५६) र २०७२ सालको भूकम्पवाट प्रभावित सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि विभागको आधारभूत निर्देशिका तथा पुस्तिका बमोजिम सम्पदा संरचनाको प्रवलिकरण गर्ने प्रस्ताव गरिएको छ ।

परियोजनको दुई मुख्य भागहरु छन्ः एउटा भागमा महाबिहार परिसरका सम्पदा भवनहरु (तीनवटा सत्तल तथा प्रवेश भवन) को पुनर्स्थापना र दोस्रो भाग ईलालनी स्थित दिगि छेंको पुनर्स्थापना समावेश छन् । परियोजनाले महाबिहार परिसरको मौलिकता कायम राख्दै सम्पदा भवनको भुकम्प प्रतिरोधमा सुधार गर्न सम्पदा भवनका प्रवलिकरण प्रदान गर्ने लक्ष्य राखेको छ ।

परियोजना लागत : ने.रु १८.१६ करोड, यु.एस. डि. १.५५ मिलियन

नक्सा लिङ्क: http://goo.gl/maps/AdSm1DYXnyMojLAc

Hiranya