श्री नापिचन्द्र महाबिहरको संरक्षण

श्री नापिचन्द्र महाबिहर दुन्तु बहीको नामले परिचित छ ।  काठमाण्डौं उपत्यकाको पाटन दरवार  युनेस्को विश्व सम्पदा क्षत्रको उत्तरमा अवस्थित रहेको छ । १९९० सालको महाभुकम्पमा भौतिक क्षतिका कारण यस महाबिहारको मौलिक संरचनाका थोरै प्रमाणहरु मात्र बाँकी रहेका छन् । बहिल बास्तुकलामा आधारित यस महाबिहारमा मुख्य मन्दिर गन्धकुटि सन् १९८० मा पुननिर्माण गरिएको थियो र सन् २०१३ मा सत्तल भारत सरकारको आर्थिक अनुदानबाट पुनर्निर्माण गरिएको थियो ।

बिभिन्न समयमा गरिएका अनुपयुक्त थप परिवर्धन र परिवर्तन तथ सम्पदा भवनका छानाबाट पानी चुहिने कारण तथा मन्दिर प्रवलीकरणमा उच्च लागतका कारण सम्पदा संरक्षण नीति अन्तर्गत भवनलाई पुनर्निर्माण गर्ने प्रस्ताव गरिएको छ । परम्परागत निर्माण सामाग्री र निर्माण विधि प्रयोग गरी मुख्य मन्दिर भवन र मुख्य आँगनको जीर्णोद्वार गरिनेछ ।

भवनको हालको अवस्थालाई ध्यानमा राखी नेपालको प्राचिन स्मारक संरक्षण ऐन, २०१३ (१९५६) र पुरातत्व विभागको २०७२ को भुकम्पवाट प्रभावित सम्पदाको संरक्षण र पुनर्निर्माण आधारभुत निर्देशिका र म्यानुअल वमोजिम परम्परागत निर्माण सामाग्री र विधि प्रयोग गरी पुनर्निर्माण गर्न सिफारिस गरिएको छ  ।

परियोजना लागत : ने.रु २.८५ करोड, यु.एस. डि. ०.२४ मिलियन

नक्सा लिङ्क: http://goo.gl/maps/NMRmXGsWjUf57GZ86

Napi