कुमारी छें संरक्षण र कुमारी निवासको विकास

श्री रत्नाकर महाबिहार परिसरमा पाटनमा रहेको  कुमारी छेँ १६/१७ औं शताब्दीमा निर्माण भएको थियो । यो महाबिहार पाटनको जीवित देवी कुमारी सँगको सम्बन्धको लागी प्रख्यात छ जसको आधिकारिक निवास वा छेँ महाबिहार पछाडीको चोकमा अवस्थित छ जहाँ जीवित देवी कुमारीसँग सम्बधित महत्वपूर्ण अनुष्ठानहरु हुन्छ ।

कुमारी छेँ भवन परम्परागत नेवारी शैलीमा उपत्यकामा उपलब्ध स्थानिय सामाग्री प्रयोग गरी निर्माण भएको हो । आयाताकार भुई, पहिलो तला तथा बुइगल गरी तीन तले रहेको कुमारी छेँ को संरचना ईंटा र माटोको जोडाई तथा काठबाट निर्माण गरिएको छ । यो २०७२ सालको भूकम्पको कारणले क्षति भएको छ र जसको परिणाम स्वरुप भित्तामा ठाडो तथा तेर्सा चिराहरु परेको, छानाका टाइल फुटेको कारणले जीर्ण भई कुमारी छेँ बसोबासको निम्ति अनुपयुक्त भएको छ ।

परियोजनाका दुई भागहरु छन् । एउटा भागमा कुमारी छें को आंशिक पुनर्निर्माण र यसका भित्तेचित्रको संरक्षण पर्दछ ताकि यसले धार्मिक भवनको रुपमा सेवा जारी राख्न सकोस् र दोस्रो भागमा कुमारी देविको नयाँ आधिकारिक निवासको रुपमा काम गर्न नयाँ भवन वा निवास निर्माण गर्ने समावेश छ । सो भवन संघका सदस्यहरुले दान दिएको जग्गामा परम्परागत नेवारी वास्तु शैलीमा नजिकै निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

आयोजना लागत : ने.रु ४.५५ करोड, यु.एस. डि. ०.३९ मिलियन

नक्सा लिङ्क: http://goo.gl/maps/AgCBRSMcN5uJwnMt8

kumari