जंगम मठ, भक्तपुरको संरक्षण

जंगम मठ भक्तपुरको मध्यभागमा अवस्थित छ । यो मठ भक्तपुर दरबार क्षत्र युनेस्को विश्व सम्पदा क्षत्र नजिकै प्रसिद्व न्यातपोल मन्दिरको दक्षिणमा छ । त्यहाँ वि.स. १६९२ को एउटा ढुङ्गाको शिलालेख छ, जसमा मल्ल राजाले जंगम मठको जीर्णोद्धार गरेको उल्लेख छ । जंगम वीरशैव समुदायको एक परिचित उप–समूह हो जो सामाजिक र धार्मिक गरिविधिहरुमा सम्मानित वर्ग हो ।

मठ परम्परागत नेवारी शैलीमा बनाईएको आवास ब्लकहरुले घेरिएको अनियमित आकारको तीन आँगनहरु छन । आँगनहरु आपसमा जोडिएका छन् र आँगनहरुमा साना शिवालयहरु छन् । सुरुमा पछि थपिएको सहित साँडे तीन तला अग्लो भवनमध्य २०७२ सालको भूकम्पवाट दुई तला मात्र बचेको छ र विगतका भुकम्पहरुले व्यापक क्षति र लगातार मर्मत गरेतापनि यसको मौलिक वास्तुकला शैली कायम राखेको छ ।

परिसरका भवनहरुको पुनर्स्थापना गर्दा परम्परागत नेवारी निर्माण विधिहरु पालना गर्ने र भवनहरुको सुधारिएको भुकम्प प्रतिरोध क्षमता सुनिश्चित गर्दै परम्परागत निर्माण सामाग्री प्रयोग गरिने छ । भवनहरुको संरक्षणमा ऐतिहासिक भवन परिसरको उपयुक्त र अनुकुल सामानहरुको पुनः प्रयोगको साथमा हुनेछ । सजावटी काष्ठकलाहरुको संरक्षण, पुनः प्रयोग र ऐतिहासिक शिलालेख, सजावटी र गैर सजावटी काठको काम, ढुङ्गाको काम र इँटाको सतहहरुको संरक्षण, मर्मत गरि पुनस्र्थापना गरिनेछ ।

परियोजना लागत : ने.रु १० करोड, यु.एस. डि. ०.८४ मिलियन

नक्सा लिङ्क: http://goo.gl/maps/iwJ8DycZNhz6SfSx6

jangam