नेपाल भाषा परिषदको संरक्षण तथा संग्राहालय विकास, काठमाण्डौं

नेपाल भाषा परिषद भवन काठमाण्डौंको एक ऐतिहासिक आवासीय भवन हो जुन नेवारी भाषा र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने प्रख्यात नेवारी कवि केशरी चित्तधर हृदय को पैतृक निवास थियो । सन् १९५१ म चित्तधरले अन्य प्रमुख कवि र लेखकहरुसंग मिलेर नेपाल भाषा को संस्थागत विकास गर्न नेपाल भाषा परिषदको स्थापना गर्नुभयो । हाल उक्त भवनमा चित्तधर स्मारक संग्रहालय र नेपाल भाषा परिषदको कार्यालय रहेको छ ।

नेपाल भाषा परिषद कम्तिमा १५० वर्ष पुरानो चार तले  नेवारी आवासिय भवन हो । २०७२ सालको गोरखा भुकम्पले  यस भवनमा केहि गम्भिर संरचनात्मक दरारहरु ल्यायो र यसलाई ग्रेड ४ क्षति अन्तर्गत वर्गीकृत गरिएको छ । भवनको संरक्षणले भवनको दिर्घकालिन स्थायित्व सुनिश्चित गर्ने भुकम्पिय प्रतिरोधात्मक प्रविधि समावेश गर्दै परम्परागत डिजाइन, सामाग्री र निर्माण प्रविधिहरुलाई एकिकृत गर्ने लक्ष्य राखेको छ ।

भवनमा रहेको संग्रहालयलाई चित्तधरको जीवनको सम्झनामा स्तरोन्नति गरी नेपाल भाषा र यससंग सम्वन्धित संस्कृतिको अभिवृद्वि र प्रवद्र्वन गरिनेछ । यस परियोजनाले संग्रहालय वस्तुहरुको संरक्षणको अवस्थाको अभिलेख राख्न , मूल्यांकन गर्न र त्यसका लागि संरक्षण र मर्मत कार्यक्रमहरु विकास गर्न को लागि हेरचाह गर्नेहरुको प्रशिक्षण र क्षमता अभिवृद्वि गराउने छ । संग्रहालयमा ग्यालेरी स्पेसको डिजाईन र क्युरेसनमा कलाकृतहरुको प्रस्तुतिकरणको लागि आधुनिक प्रदर्शन र प्रकाश प्रणाली समावेश छन् साथै आगन्तुकहरुलाई देखाउन र व्याख्या गर्नको लागि नवीन तरिका र प्रविधि समावेश छ ।

परियोजना लागत : ने.रु ४.७० करोड, यु.एस. डि. ०.३९ मिलियन

Map Link: http://goo.gl/maps/GgzD6MjmyJCMqWAU7

NepalBhasa