गुस्तल महाविहर र प्रथमश्री महाविहारको आगम को संरक्षण

गुइत बहील महाबिहार परिसर काठमाण्डौ उपत्यकाको ऐतिहासिक सांस्कृतिक क्षेत्र पाटनको पूर्वी किनारामा अवस्थित प्राचीन तीन महाबिहारहरुको समुह (श्री गुस्तल महाबिहार, बसुच्सशील महाबिहार र  प्रथमश्री महाबिहार) लाई बुझाउँदछ । यसको स्थापना ई.स. १औ देखी १०औ शताब्दी अवधीमा भएको थियो भन्ने बिश्वास गरिन्छ ।तीन महाबिहार आपसमा जोडिएर समुहको रुपमा अवस्थित यस गुइत बहील महाबिहार परिसरको अद्धितिय बिशेषता हो र तीनवटा महाविहारहरुमा रहेका मुख्य मन्दिरहरुमा शुभदिनहरुमा विशेष रीतिरिवाजहरुका साथ दैनिक अनुष्ठान गरिन्छ ।

२०७२ सालको भुकम्पमा श्री गुस्तल महाबिहारको मुख्य मन्दिर गन्धकुटीमा क्षतिभएको थियो तर सो को दिगी र सत्तल पूर्ण रुपमा भत्किएको कारण महाबिहारको सांस्कृतिक परम्परा, अभ्यास तथा कार्यहरुमा अवरोध भएका छन् । भुकम्पमा क्षति भएका संरचनाहरु टिल्टिङ्ग र आउट आफप्लम्ब, भार बहन क्षमता कमजोर छन् । संरचनामा अस्थायी मर्मत कार्य भएका छन् । प्रथमश्री महाबिहार यी तीन महाबिहारमध्ये सबैभन्दा ठूलो रहेको छ र केबल मुख्य मन्दिर गन्धकुटी, आगमघर मात्र पुरानो स्वरुपमा रहेका छन्  तथा मौलिकता कायम रहेको छ ।

श्री गुस्तल महाबिहार तथा प्रथमश्री महाबिहार आगमछेँ को परम्परागत निर्माण सामाग्री प्रयोग गरी र महाबिहारको मौलिक बास्तुकला तथा निर्माण विधिअनुसार पुननिर्माणको प्रस्ताव गरिएको छ । पुननिर्माण कार्य संरचनाको भुकम्प प्रतिरोध क्षमता सुनिश्चित गरिएको छ ।

परियोजना लागत : ने.रु १४.७० करोड, यु.एस. डि. १.२५ मिलियन

नक्सा लिङ्क: http://goo.gl/maps/dTeHnyNmZDaRW5vX9

Gutshal