अदालत भवन, ललितपुर को संरक्षण

अदालत भवन, जसलाइृ पुरानो अदालत पनि भनिन्छ, ललितपुर काठमाण्डौ उपत्यकाको पाटन दरबार क्षेत्र विश्व सम्पदा क्षेत्रमा अवस्थित छ । ऐतिहासिक रुपमा यो भवनले अदालतको रुपमा काम गर्दथ्यो । हाल यस भवनमा स्थानीय हुलाक कार्यालय छ र भण्डारको रुपमा प्रयोग भएको छ ।

भवनको बास्तुकलामा औपचारिक र नेवारी शैलीको बास्तुकलाको संयोजन पाईन्छ, जसमा लोड बेरिङ भित्ता, अगाडिको भागमा अर्धगोलाकार आर्केड र टाइलहरु छाना सहितका टेराकोटा छाना छ । माटोको जोडाईमा इँटाले बनेको अदालत भवनको संरचनामा ७२ सालको गोरखा भुकम्पवाट ठुलो क्षति पुगेको छ । कमजोर भुकम्प प्रतिरोधी क्षमता भएको माटोको गाह्रो जडान संरचना, गाह्रो, भुइँ र छत हरुको कमजोर शक्ति र भवनको न्युन मर्मतसम्भारले यो भवन भविष्यमा भत्कने जोखिममा छ ।

अदालत भवनलाई नेपालको प्राचिन स्मारक संरक्षण ऐन २०१३ (१९५६) र २०७२ सालको भुकम्पवाट प्रभावित सम्पदाको संरक्षण र पुननिर्माणका लागि पुरातत्व विभागको आधारभुत निर्देशिका र पुस्तिका वमोजिम पुनस्र्थापना गरिनेछ । भवनको संरक्षण नीति अन्तर्गत अदालत भवनको पुनर्स्थापना गर्ने प्रस्ताव गरिएको छ । भवनको दिर्घकालिन स्थायित्व सुनिश्चित गर्न भुकम्पिय प्रतिरोधात्मक प्रविधिहरु समावेश गर्दै परम्परागत सामाग्री र विधिहरुलाई एकीकृत गरि भवनको पुनर्निर्माण हुने छ ।

नक्सा लिङ्क: http://goo.gl/maps/RnbdKGsaH14nkhBp6

Adalat