जेष्ठ बर्ण महाबिहारको संरक्षण र पुनर्निर्माण

पाटन दरबार बिश्व सम्पदा क्षेत्रबाट करिब ३००मी. दक्षिण पूर्वमा अवस्थित जेष्ठ बर्ण महाबिहार काठामाण्डौं उपत्यकाको बहिलहरु मध्य प्रसिद्ध बहिल  हो । जुन ज्याबाबहीको नामले पनि चिनिन्छ । यो पाटनको १५ ऐतिहासिक बहिलहरुको समुहको एउटा भाग हो ने.स. ७७२ को अभिलेखको आधारमा यस बहिल संरचनाको जीर्णोद्वार करिब ३६९ वर्ष पूर्व भएको देखिन्छ र यस बहिलको स्थापना काल यो भन्दा धेरै पुरानो छ ।

महाविहारको मुख्य मन्दिर र छेउछाउको सत्तलको साथमा मुख्य आँगन वरपर एक विशेष बहि लेआउट छ । विगतका वर्षहरुमा महाबिहारको योजनाविहिन मर्मतका कारण केहि मुख्य परिवर्तनहरु भएका छन् । महाविहार भवन सुरुमा दुई तलाको थियो जसको माथिल्लो तला २०७२ को भुकम्पले पुर्णरुपमा क्षति भयो जसले वाँकि रहेका भवन भागलाई पनि संरचनात्मक रुपमा अस्थीर वनायो । तसर्थ वैज्ञानिक र प्रारम्भिक अनुसन्धानको आधारमा परम्परागत ढाँचा, ढाँचा र रुपरेखालाई अवलम्वन गरी ऐतिहासिक महाविहारको प्रमाणिकता सहित पुनर्निर्माण गर्न प्रस्ताव गरिएको छ ।

प्रवलीकरण र संरक्षण कार्य भवनहरुको भुकम्पिय सुरक्षाको लागि अभिप्रेरित हुनेछन् र ऐतिहासिक काठको काम, ढुङ्गाको मुर्तिकला र मन्दिरको प्रवेशद्वारमा भित्तेचित्रको पुनस्र्थापना जस्ता सजावटि कला सतहहरु र सुविधाहरुको अभिलेखिकरण र संरक्षण सम्पदास्थलमा जीवित भौतिक सम्पदा पुनर्स्थापना गर्न र यसको स्थान र उपयोगलाई  ध्यानमा राखि, प्रकाश, सरसफाई, वर्षाको पानी संकलन लगायत महाबिहार परिसरको सेवाहरुको स्तरोन्नति गर्न प्रयोग हुनेछन् ।

प्रियोजना लागत : ने.रु १३.७८ करोड, यु.एस. डि. १.१८ मिलियन

नक्सा लिङ्क: http://goo.gl/maps/4ujeUEbdkKWQANGs5

Jestha_collage