भारतीय राजदूतावासका अधिकारीद्वारा सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छें र कुमारी निवास परियोजना स्थलको भ्रमण

भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका नव नियुक्त दोस्रो सचिव श्रीमती निशि अरोराले सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेँ परियोजना स्थलको भ्रमण गर्नुभयो । सो स्थलको भ्रमणमा केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अधिकारीहरुको पनि सहभागिता थियो । स्थानीय समुदायका प्रतिनिधिहरुले भ्रमण टोलीलाई परियोजना स्थलमा गरेको थियो ।

INTACH ले सेतो मच्छिन्द्रनाथ मन्दिरको ऐतिहासिक एवम् पुरातात्विक महत्वकाबारे प्रकाश पार्दै त्यस ऐतिहासिक संरचनालाई प्रभाव पार्ने समस्या र संरचनाको संरक्षणका लागि INTACH ले प्रस्ताव गरेका सुधारका उपायहरुबारे जानकारी गराएको थियो ।

दूतावासका अधिकारीहरुले रत्नाकर महाविहारको परिसरमा रहेको ऐतिहासिक चित्रकलाले सजिएको कुमारी छें वा कुमारी घरको भ्रमण गरे । भ्रमण टोलीलाई ती चित्रहरुको संरक्षणका लागि प्रस्ताव गरिएका उपाय तथा त्यस ऐतिहासिक भवनको संरक्षणका चुनौतीबारे जानकारी गराइयो । दूतावासका अधिकारीहरुलाई नयाँ कुमारी निवासको भ्रमण गराई प्रस्तावित डिजाइन र त्यस संरचनाको प्रयोगका बारे जानकारी गराइयो ।