नेपाल भाषा परिषदका पदाधिकारीसँग बैठक
श्रीमती परोमिता डे सरकार, श्रीमती अनिता ताम्राकार, श्री धर्मेन्द्र मिश्र सहितको INTACH को काठमाडौंमा टोली लगायत INTACH को MH महाशाखा अन्तर्गतको कला संरक्षक टोलीले नेपाल भाषा परिषदका पदाधिकारीहरुसँग परामर्श बैठक गर्यो ।
बैठकका क्रममा INTACH को टोलीले विस्तृत परियोजना प्रतिवेदन प्रस्तावबारे जानकारी प्रस्तुत गर्यो । सो अवसरमा बोल्दै मिश्रले परिषद भवनमा संग्रह गरेर राखिएका संग्रहालयका वस्तुहरुको अभिलेखिकरण, तिनीहरुको आपत्कालीन उद्धार र संरक्षणको आवश्यकताबारे जोड दिनुभयो । INTACH को टोलीले प्रस्तावित संग्रहालयका स्तरोन्नतीलाई दृष्टिगत गर्दै परिषदको दिर्घकालीन विकास, राजस्व संकलन र संग्रहित वस्तुहरुको निवारक संरक्षणका लागि परिषदका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने जानकारी दिएको थियो । नेपाल भाषा परिषदका पदाधिकारीहरुले INTACH ले परिषदको भवनको पुनर्निर्माण र संग्रहालयका स्तरोन्नतीका लागि अघि सारेको प्रस्तावबारे सकारात्मक प्रतिक्रिया दिए ।