सेतो मच्छिन्द्रनाथ मन्दिर र बुढानीलकण्ठ मन्दिरको स्थलगत भ्रमण
भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सिलर श्री डा प्रफुल्लचन्द्र शर्माले २०७७ कार्तिक १३ गते भारतको अनुदान सहयोग रहेको सेतो मच्छिन्द्रनाथ मन्दिर र बुढानीलकण्ठ मन्दिरको स्थलगत भ्रमण गर्नुभयो । INTACH का परियोजना संयोजक र केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अधिकारीहरुको पनि स्थल भ्रमणमा सहभागिता थियो ।
सो क्षत्रका वडा अध्यक्ष श्री नीलकाजी शाक्यले भमण टोलीलाई स्वागत गरि टोलीलाई परियोजना स्थलको भ्रमण गराउदै त्यस क्षेत्रको विशेषताबारे जानकारी गराउनुभयो । परियोजना संयोजकले परियोजना स्थलको इतिहास, परियोजनाको वर्तमान अवस्था, भूकम्पले सो ऐतिहासिक संरचनामा पुर्याएकोअसर र संरचनाको पुनस्र्थापनाका लागि अघि सारिएका उपायबारे जानकारी गराए ।