अदालत भवनको स्थलगत भ्रमण र बैठक

परियोजना स्थलको समस्या र कठिनाईबारे दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सिलरलाई सुसुचित गराउन २०७७ मंसिर २८ गते परियोजना स्थल भ्रमणको आयोजना गरियो । INTACH ले भ्रमण टोलीलाई अदालत भवनको संरक्षणका लागि प्रस्ताव गरिएका उपायहरुबारे जानकारी गरायो । पाटन संग्रहालयका प्रमुख श्रीमती सरस्वती सिंहले संग्रहालय भवनलाई पर्यटक सूचना केन्द्र, कला कौशल संग्रहालय र बहुउद्देश्यीय हलको रुपमा पुनः प्रयोगमा ल्याउनेबारे जानकारी दिनुभयो ।