हिरण्यवर्ण महाविहार, श्रीगोपीचन्द्र महाविहार र गुइठा महाविहारको संरक्षणका लागि ठेक्का सम्झौतापत्रमा हस्ताक्षर (२०७८ वैशाख ७ गते)
हिरण्यवर्ण महाविहार, श्रीगोपीचन्द्र महाविहार र गुइठा महाविहारको संरक्षणका लागि २०७८ वैशाख ७ गते केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन), INTACH र स्थानीय सामुदायका प्रतिनिधिहरुको उपस्थितिमा ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भयो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनको परिसरमा सो हस्ताक्षर समारोह सम्पन्न भएको थियो । कोभिड महामारीका कारण सो समारोहमा सिमित व्यक्तिहरुको उपस्थिति थियो ।