सेतो मच्छ्रिन्द्रनाथ मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तावबारे समुदायलाई जानकारी
सेतो मच्छ्रिन्द्रनाथको संरक्षण र प्रवलीकरणको कार्यान्वयनका लागि चुनिएको सबैभन्दा सफलबोलदाता÷ठेकेदार Prakritik-Sansuwal-Pawan JV केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का बीच २०७७ माघ २९ गते ठेक्का सम्झौतामा हस्ताक्षर भइसके पश्चात सेतो मच्छ्रिन्द्रनाथ मन्दिरसँग सम्बन्धित उपभोक्ता समिति सदस्य र समुदाय सदस्यसँग भेटघाट गर्नका लागि सेतो मन्दिर नजिकै रहेको वडा कार्यालयमा एउटा बैठकको आयोजना गरिएको थियो । उक्त बैठकमा केन्द्रीय आयोजना कार्यान्वयन इकाईका वरिष्ठ अधिकारी, इन्जिनियरका साथै INTACH का अधिकारीहरुको उपस्थिति थियो । सो बैठकमा विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका सहयोगी श्रीमती कुमुदा पोखरेलले भारतीय दूतावासका तर्फबाट उपस्थिति जनाउनु भएको थियो ।