जेष्ठवर्ण महाविहार र नापीचन्द्र महाविहारको विस्तृत परियोजना प्रतिवेदनबारे जानकारी
जेष्ठवर्ण महाविहार र नापीचन्द्र महाविहार परियोजनाका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदनबारे जानकारी दिन INTACH ले केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) सँगको सहकार्यमा २०७७ आश्विन २५ गते सामुदायिक परामर्श बैठकको आयोजना गर्यो । सामुदायिक/सरोकारवालासँगको परामर्श बैठक भने INTACH र भारत सरकार विदेश मन्त्रालयबीच भएको सम्झौतामा उल्लेखित INTACH को कार्यसूची अन्तर्गत पर्दछ ।
सो परामर्श बैठकमा परियोजनास्थलका सामुदायिक अगुवा र सरोकारवालाहरुले सुझाव र प्रतिक्रिया दिनुभएको थियो । सम्बन्धित परियोजनाको विस्तृत परियोजना प्रतिवेदनबारे INTACH ले जानकारी प्रस्तुत गरेको थियो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का प्रतिनिधिहरुले कार्यक्रममा भाग लिई छलफलमा भाग लिएका थिए ।