नेपाल भाषा अनलाइन बैठक ९

IMG-20200924-WA0000

नेपाल भाषा परिषदको संरक्षण र संग्रहालयमा रहेका वस्तुहरुको अवस्थाबारे छलफल गर्न परिषदका पदाधिकारीहरुसँग २०७७ आश्विन ७ गते भर्चुअल माध्यममार्फत अनलाइन बैठक सम्पन्न भयो । कोभिड–१९ को महामारी र बैठकका सहभागीहरु केन्द्रीय आयोजना कार्यान्वयन इकाईको कार्यालयसम्म आउन असमर्थ भएकाले सो बैठक अनलाइनमार्फत गरिएको हो । बैठकमा केन्द्रीय आयोजना कार्यान्वयन इकाईका परियोजना उपनिर्देशक श्री कोशनाथ अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका पूरातत्वविद् श्री काजी पोखरेल लगायत INTACH का परियोजना निर्देशक र परियोजना संयोजकको उपस्थिति थियो । बैठकमा परिषदका तर्फबाट परिषदका सचिव श्री ध्रुव मधिकर्मीले सहभागीता जनाउनुभएको थियो ।