कुमारीको विस्तृत परियोजनाप्रतिवेदन (डीपीआर) प्रस्तावमा छलफल गर्न स्थानीय सरोकारवालाहरुसँग बैठक

कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकासको कार्यान्वयनका लागि चुनिएको सबैभन्दा सफलबोलदाता÷ठेकेदार New Technical-Prera JV contractor र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का बीच २०७७ माघ २९ गते ठेक्का सम्झौतामा हस्ताक्षर भइसके पश्चात महाविहारका उपभोक्ता समिति सदस्य र बज्राचार्य समुदायका अन्य स्थानीय समुदायकका प्रतिनिधिहरुसँग भेटघाट गर्नका लागि रत्नाकार महाविहारमा एउटा बैठकको आयोजना गरिएको थियो । उक्त बैठकमा केन्द्रीय आयोजना कार्यान्वयन इकाईका वरिष्ठ अधिकारी, इन्जिनियरका साथै INTACH का अधिकारीहरुको उपस्थिति थियो । सो बैठकमा विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका सहयोगी श्रीमती कुमुदा पोखरेलले भारतीय दूतावासका तर्फबाट उपस्थिति जनाउनु भएको थियो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारीले बैठकमा नेपाल सरकार र भारत सरकारबीचको सहकार्यबारे प्रष्ट पार्दै यही सहकार्यमार्फत भारत सरकारको आर्थिक अनुदानमा कुमारी छेँको संरक्षण र कुमारी निवासको निर्माण हुनलागेको बताउनुभयो ।

INTACH ले टोलीले संरक्षण प्रस्तावबारे जानकारी प्रस्तुत गर्नुका साथै पुरानो कुमारी छेँ भवनको संरक्षण र नयाँ कुमारी निवासका लागि वास्तुकला योजना र डिजाइन प्रस्ताव सम्बन्धमा सरोकारवाला समक्ष कैयौ उपायहरुबारे जानकारी गराउनुका साथै सांस्कृतिक स्थलहरुको संरक्षण र सुरक्षाका लागि कार्यान्वयनका विभिन्न चरणमा कार्यान्वयन गरिनुपर्ने गुणस्तर नियन्त्रण र सुरक्षा उपायका प्रकृतिबारे पनि विस्तृत रुपमा जानकारी गरायो ।

बैठकमा सहभागी समुदाय सदस्यहरुलाई परियोजनाका ठेकेदार The New Technical-Prera JV कम्पनीबारे जानकारी दिइएको थियो र केही समुदाय सदस्यहरुले बैठकमा आफ्ना भनाई राखेका थिए । परियोजना कार्यान्वयनका लागि ठेकेदारको कार्ययोजनाको व्याख्या गरिनुका साथै विभिन्न सरोकारवालाहरुको भूमिका र जिम्मेवारीबारे जानकारी दिइएको थियो INTACH ले प्रस्तावित उपायहरुको चित्रप नि समुदायका सदस्यहरु समक्ष प्रस्तुत गर्‍यो। बैठकपछि सबै सरोकारवालाहरुले ठेकेदारसँगै परियोजना स्थलको अवलोकन गर्नुभयो र परियोजनाको भूमिपूजन कार्यक्रमका लागि आवश्यक व्यवस्थापन सम्बन्धमा प्रारम्भिक छलफल पनि गर्नुभयो ।