कुमारी छेँ र कुमारी निवासको निर्माण शुभारम्भ (२०७७ फाल्गुण २५)
नेपालका लागि भारतका राजदूत महामहिम श्री विनय मोहन क्वात्राले ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकासका लागि पाटनको रत्नाकर महाविहारमा आयोजित भूमिपुजन कार्यक्रममा सरिक हुनुभयो । समारोहमा पाटनका स्थानीयहरुको पनि उत्साहप्रद सहभागिता थियो । भारतको भूकम्पपश्चातको पुनर्निर्माण अनुदान र INTACH को प्राविधिक सहयोगमा निर्माण भईरहेको १० वटा सांस्कृतिक सम्पदा परियोजनामध्ये यो पनि एक हो । सो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न INTACH ले भारतीय राजदूतावास केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र रत्नाकर महाविहार उपभोक्ता समितिसँग सहकार्य गरेको थियो ।