हिरण्यवर्ण महाविहारको विस्तृत परियोजना प्रतिवेदनबारे जानकारी
सरोकारवालासँगको परामर्श बैठकलाई निरन्तरता दिने क्रममा INTACH ले केन्द्रीय आयोजना कार्यान्वयन इकाईसँगको सहकार्यमा २०७७ आश्विन २६ गते हिरण्यवर्ण महाविहार समितिका सदस्यहरुसँग परामर्श बैठकको आयोजना गर्यो। कोभिड–१९ महामारीका कारण हिरण्यवर्ण महाविहार उपभोक्ता समितिका सबै सदस्यहरुको उपस्थिति हुन सकेन । उपभोक्ता समितिका उपाध्यक्ष श्री पुष्परत्न बज्राचार्य र हिरण्यवर्ण महाविहार सुधार समितिका सचिव श्री राम शाक्य बैठकमा सहभागी हुनुहुन्थ्यो ।