अदालत भवनको विस्तृत परियोजना प्रतिवेदनबारे पुरातत्व विभागका अधिकारीलाई जानकारी
INTACH ले तयार पारेको अदालत भवनको विस्तृत परियोजना प्रतिवेदनबारे छलफल गर्न २०७७ पौष ६ गते पुरातत्व विभागका महानिर्देशकको कार्यलयमा एक बैठकको आयोजना गरियो । बैठकमा भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सिलर श्री डा प्रफुल्लचन्द्र शर्मा, सोही प्रभागका कुमुदा पोखरेल, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका परियोजना निर्देशक श्री श्याम किशोर सिंह, उपनिर्देशक श्री कोशनाथ अधिकारी, सोही इकाईका इन्जिनियर श्री गोपाल भट्टराई, पुरातत्व विभागका सुरेश श्रेष्ठ, काजी पोखरेल र काठमाडौं उपत्यका संरक्षण कोषका रोहित रञ्जितकारको उपस्थिति थियो । INTACH को टोलीले अदालत भवनको विस्तृत परियोजना प्रतिवेदनबारे विस्तृत जानकारी प्रस्तुत गरेको थियो ।