जंगम मठका सरोकारवालासँग भेटघाट तथा जंगम मठको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तावबारे जानकारी
२०७७ माघ ८ गते भारतीय दूतावासका अधिकारीहरुले जंगम मठको भ्रमण गरे । जंगमका लागि क्ष्ल्त्ब्ऋज् ले तयार पारेको डीपीआर प्रस्तावमा छलफल गर्न परियोजना स्थलमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा स्थानीय अग्रज सदस्यहरुको उपस्थिति थियो । बैठकमा जंगम समुदायका सामुदायिक प्रतिनिधिहरुले सहभागीता जनाएका थिए । उक्त बैठकमा जंगम प्रतिष्ठानका प्रमुख श्री भरत जंगम, जंगम मठका मुख्य पुजारी श्री ज्योति जंगम, श्री दीपक जंगम, श्री पुष्कर जंगम, श्री सञ्जय जंगम लगायत अन्य धेरैको उपस्थिति थियो । INTACH ले प्रस्तावित उपायहरुका अलावा जंगम मठमा भवनहरुको पुनःउपयोगीताबारे त्यहाँ उपस्थित सबैलाई विस्तृत जानकारी गराएको थियो ।