हिरण्यवर्ण महाविहारको निर्माणका लागि भूमिपूजा (२०७८ आषाढ २० गते)
ललितपुरका स्थानीय समुदायको रिति अनुसार क्षमा पूजाँ गरेसँगै हिरण्यवर्ण महाविहार तथा दिगि छेँ को पनस्र्थापनाको काम सुरु भयो । उक्त पूजामा काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा INTACH का अधिकारीहरुको उपस्थिति थियो ।
सुनौलो मन्दिरको नामले परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनस्थित बौद्घ मन्दिर विहारहरु मध्ये एक महत्वपूर्ण विहार हो ।